४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

यस्ता छन् आजदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनका कार्यसूची



काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ।संसद् सचिवालयले सोमबार बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची तय गरेको छ । संसद्का महासचिव पद्यमप्रसाद पाण्डेले आइतबार सार्वजनिक गरेको संघीय संसद्को सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिको अधिवेशन आह्वानबारे पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयन रहेका छन् ।

त्यस्तै विद्युत् व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक टेबल गर्ने तथा अर्थमन्त्री डा। प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पेस गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ७ : ३२ बजे