२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

बुधबार पनि नेप्सेमा हरियाली कायमै



काठमाडौं । बुधबार नेप्से परिसूचक समान्य अंक बढेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ४.९२ अंक बढेर २०९०.६४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ५९ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१३ स्टकको ६५ हजार ४ सय ६३ पटकको कारोबारमा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँ बराबरको ७७ लाख ३२ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र ङादी ग्रुप पावरको साढे ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५३ प्रतिशत घटेको छ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ३ : ५७ बजे