१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित



काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उक्त विधेयक पारित गरियोस् भनी सभामा प्रस्तुत गरेका थिए । मन्त्री गुरुङको प्रस्तावलाई सभामुखले निर्णयार्थ पेश गरेका थिए । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) तथा आतङ्ककारी कार्यमा वित्तीय वातावरण निर्माण र व्यावसायिक वातावरण प्रवर्द्धन गर्न केही ऐनलाई संशोधन गर्न ऐन बनाइएको हो । गत असोज २४ गते कानन, न्याय तथा मानवअधिकार समितिबाट यो विधेयक पारित भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ५ : ३० बजे