२३ पुस २०८१, मंगलबार | Wed Jan 8 2025

क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौँ । क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका थिए ।आजको खेलमा नेपालका लागि सूर्य तामाङ र रिजन ढकालले डेब्यु गरे

यसअघि कप्तान रोहित पौडेलले क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय क्रिकेट सिरिजका लागि नेपाली टोली तयार रहेको बताए

सिरिजअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा रोहितले टोलीले लामो तयारी गर्न नपाएपनि राम्रो खेल्ने बताए । ‘ हामीले यस सिरिजका लागि भनेर छुट्टै तयारी गर्न पाएका छैनौँ । तरपनि टिमको रूपमा दुई दिन अभ्यास गरेका छौँ । सियिनर खेलाडी प्रधानमन्त्री कपमा व्यस्त रहेको र जुनियर खेलाडी पनि भर्खरै यु–१९ विश्वकप खेलेर फर्किएकोले खेलाडीले भरपुर एक्पोजर पाइरहेका छौँ । नियमित खेलिरहेकोले सिरिज जित्ने लक्ष्य छ,’’ रोहितले भने ।

यस्तै नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडासँगको सिरिज प्रतिस्पर्धात्मक हुने बताए । उनले टोलीमा नयाँ र पुराना खेलाडीको सम्मिश्रण रहेकोले राम्रो खेल्ने सबै उत्साहित रहेको बताए । नेपाल र क्यानडाबिचको दोस्रो खेल फेब्रुअरी १० र अन्तिम खेल १२ तारिख हुनेछ ।

क्यानडाविरुद्ध नेपाल(११

रोहितकुमार पौडेल ९कप्तान०, आसिफ सेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, सूर्य तामाङ र रिजन ढकाल ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ९ : ५८ बजे