३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसहित सत्ता गठबन्धनको बैठक



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

बिहान ११ बजेदेखि सुरू भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुसहित नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा लगायत सत्ता साझेदार दल सहभागी छन्।

बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १२ : ०२ बजे