११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

घरजग्गा कारोबार माघमा चालु आर्थिक वर्षकै उच्च, राजस्व पनि बढ्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०८०र०८१ को माघ महिनामा घरजग्गा कारोबार हालसम्मकै उच्च भएको छ । पुस महिनाको तुलनामा माघमा घरजग्गा कारोबार पाँच हजारले बढेको छ ।

भूमि विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघमा ५० हजार ९२१ भन्दा बढी लिखत पारित भएको छ । पुस महिनामा ४५ हजार २७५ लिखत पारित भएको थियो । कारोबारसँगै राजस्व पनि बढेको छ ।

घरजग्गा कारोबारमार्फत सरकारले माघमा तीन अर्ब ३७ करोड ५७ लाख ४६ हजार २३१ रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १ : २८ बजे