८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

श्रमजीवी पत्रकार बिषम परिस्थितीमा छन, राज्यको ध्यान जाओस् : सांसद विराजभक्त श्रेष्ठ



काठमाडौं । श्रमजीवी पत्रकारले पारिश्रमिक नपाएको विषय आजको संसद्मा उठेको छ । रास्वपाका सांसद विराजभक्त श्रेष्ठले श्रमजीवी पत्रकार पारिश्रमिक नपाएको बिषय उठान गरेका हुन् । राज्यको चौथो अंग समस्यामा रहँदा सरकार किन मौन छ भन्दै प्रश्न गरे ।

“श्रमजीवी पत्रकारले पारिश्रमिक नपाएको विषय मिडिया हाउस हुँदै सडकमा पुगेको छ । प्रजातन्त्र पुर्नवहाली र सुशासन तथा आमनागरिकलाई सुसूचित गर्ने श्रमजीवी पत्रकार आज विषम परिस्थितिबाट गुज्रेका छन,” उनले भने, त्यसमा राज्यको ध्यान जाओस् ।

सांसद श्रेष्ठले राज्यको लोकतन्त्र श्रमजीवी पत्रकारको समस्या हल नगर्ने भए फस्टाउन नसक्ने उल्लेख गरे । “राज्यव्यवस्थाले बेलैमा समस्या हल गर्न नसके राज्यको लोकतन्त्त फस्टाउँदैन । राज्यको चौथो अंगको रूपमा रहेकाले समयमै पारिश्रमिक पाउनुपर्ने हो कि हैन रु,”उनले प्रश्न गरे । सञ्चार माध्यामको बिषय उठाएकाले सञ्चार माध्यामको ध्यान नगएपनि सरकारले यस बिषयमा ध्यान जानुपर्ने औंलाए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ११ : ५६ बजे