काठमाडौं । नेप्से परिसूचक बुधबार २०००.७७ विन्दुमा बन्द भएको छ । गत मंगलबार पनि यही विन्दु आसपास नेप्से बन्द भएको थियो ।
मंगलबारको तुलनामा आज कारोबार रकम भने बढेको छ । यसदिन दुई अर्ब तीन करोड ८१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार भने एक अर्ब ८६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
यसदिन तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । १० प्रतिशतले सेयर मूल्य वृद्धि हुनेमा विशाल बजार कम्पनी, बोटलर्स नेपाल ९बालाजु० र बोटलर्स नेपाल ९तराई० छन् ।
विशाल बजार कम्पनीको सेयर प्रतिकित्ता चार हजार २६ रुपैयाँमा कारोबार भएको छ भने बोटलर्स नेपाल ९बालाजु०को सेयर मूल्य प्रतिकित्ता १९ हजार ६४१ रुपैयाँ र बोटलर्स नेपाल ९तराई०को प्रतिकित्ता १६ हजार १४४ रुपैयाँ ७० पैसामा करोबार भएको छ ।
आज कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक भने घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह छ । यो समूहको परिसूचक ५।५ प्रतिशतले वृद्धि भएर २८८०।३८ विन्दु कायम भएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४।९६ प्रतिशतले वृद्धि भएर ६७११।९१ विन्दुमा बन्द भएको छ ।
विकास बैंक समूहको परिसूचक भने १।११ प्रतिशत घटेर ३८८२।८४ विन्दुमा बन्द भएको छ ।