काठमाडौं । राष्ट्रियसभाको बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ ।
आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सभामा छलफल सुरु हुने कार्यसूची रहेको संसद् सचिवालयले उल्लेख गरेको छ ।