१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

युएसएआइडीद्वारा करिब ११ अर्ब सहायताको घोषणा,शिक्षा क्षेत्रमा लगानी हुने



काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)ले नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा गरेको छ ।

युएसएआइडीले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न पाँच वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने उद्घोष गरेको हो ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै युएसएआइडीको एसिया ब्युरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले उक्त सहायता रकम कोषको उपलब्धतामाथि निर्भर रहने बताए ।

यस सहायता विस्तारले नेपालका विकास लक्ष्यहरूप्रति नेपाल र अमेरिकाको साझा समर्पणलाई पुनः पुष्टि गर्दै दुई देशबिच विद्यमान साझेदारीलाई थप बलियो बनाएको उनको भनाइ छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ६ : ३० बजे