काठमाडौँ । माओवादी र एमालको नयाँ गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नसमेटिने भएको छ । नेपाली कांग्रेससँग गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलाई समेत समेटेर बनाएको नयाँ गठबन्धनमा राप्रपा नसमेटिने भएको हो । माओबादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नयाँ सत्ता गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने नसमेट्ने स्पष्ट पारे। गठबन्धनमा राप्रपालाई ल्याउनु प्रतिगमनकारी हुने भएकाले राप्रपालाई गठबन्धनमा नसमेट्ने उनले जानकारी दिए ।
पौडेलले भने, ‘‘राप्रपा आउने सम्भावना छैन । हामीले प्रष्ट रुपमा भन्यौँ कांग्रेस छोड्नु र राप्रपा ल्याउनु झन प्रतिगमनकारी हुन्छ । राप्रपासँग कतिपय अरु गणितिय प्रशंग त चल्ला । पार्टी भएपछि हामीले नकारात्मक रुपमा राख्ने कुरा त भएन । तर यो प्रणालीकै विपक्षमा उहाँहरु हुनुहुन्छ । त्यसकारण सरकार बनाउने कुरा उहाँहरुसँग मिलेर नजाने भन्ने कुरा प्रष्टै भनेका छौँ ।’’
प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको आफ्ना नेताहरुलाई बताएका छन् ।