२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

सरकारमा जाने -नजाने निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौँ । नेकपा एकीकृत समाजवादी को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बस्नेछ । बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा निर्णय हुनेछ ।

यसअघि मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए । अध्यक्ष नेपालले सरकारमा जाने वा नजाने विषय वैठकवाट मात्र निर्णय गर्ने वताएका थिए । एसमाजबादी पार्टी पनि सरकार सामेल हुने बुझिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ९ : २० बजे