काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन आज भोटेकोशी बाढी प्रभावित तीन जिल्ला बाहेकमा सम्पन्न हुँदैछ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक सप्तरी क्षेत्र नं। २ र ४, सिराहा, मोरङ क्षेत्र नं ६, रौतहट क्षेत्र नं। १, सर्लाही क्षेत्र नं २, परासी क्षेत्र नं २ तथा आइतबार सम्पन्न हुन नसकेका सम्पूर्ण वडा अधिवेशन आज निरन्तर सञ्चालन हुने जनाएको छ ।
हालसम्म ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ । शनिबार र आइतबार गरी दुई दिनमा ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको हो ।
समितिका सदस्य–सचिव राजु कटुवालले यही असोज १६ देखि १९ गतेसम्म हुन लागेको १५औँ महाधिवेशनअन्तर्गत वडा कार्यसमिति चयन र क्षेत्रीय प्रतिनिधिको निर्वाचन उत्साहपूर्ण ढङ्गले भएको जानकारी दिए ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने हाल वडा अधिवेशन भएको छैन ।
निर्वाचन कार्यक्रमअन्तर्गत कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ ९क्षेत्र नं। ६ बाहेक० र सुनसरीलगायतका जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।
मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको बताइएको छ ।
यस्तो छ कांग्रेसको निर्वाचन समितिको असोज ४ गतेको विज्ञप्ति
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५ औं केन्द्रीय महाधिवेशन अन्तरर्गत आज दोस्रो दिन असोज ४ गते पनि वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रुपमा प्रारम्भ भएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ ९क्षेत्र नं। ६ वाहेक०, सुनसरी, सप्तरी ९क्षेत्र नं। २ र ४ वाहेक०, धनुषा, महोत्तरी, सर्लाही ९क्षेत्र नं। २ वाहेक०, रौतहट ९क्षेत्र नं। १ वाहेक०, बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाण्डौ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ्ग, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, वागलुङ, नवलपुर, परासी ९क्षेत्र नं। २ वाहेक०, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम ९पूर्व०, रोल्पा, प्युठान, दाङ, बाँके, वर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्ला गरी ७३ जिल्लाका ६१३२ वडामा अधिवेशन पश्चात निर्वाचन सम्पन्न भएको जानकारी गराईन्छ । यसरी असोज ३ गतेबाट शुरु भएको वडा अधिवेशन आज दोस्रो दिन असोज ४ गते पनि वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनु भएको छ ।
केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्ला वाहेक सप्तरी क्षेत्र नं। २ र ४, सिरहा, मोरङ क्षेत्र नं। ६, रौतहट क्षेत्र नं। १, सर्लाही क्षेत्र नं। २, परासी क्षेत्र नं। २, तथा आज सम्पन्न हुन छुट भएका सम्पूर्ण वडा अधिवेशन लगायतको वडा अधिवेशन असोज ५ गते सोमवार पनि निरन्तर जारी रहने व्यहोरा यसै सूचना मार्फत सरोकारवाला सबैमा जानकारी गराइन्छ ।
राजु कटुवाल
सदस्य सचिव





