१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

बागमती प्रदेशम कांग्रेसका मन्त्रीद्वारा सामूहिक राजीनामा



हेटौँडा। बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले आज सामूहिक राजीनामा दिएका छन् । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशको सत्ता गठबन्धनमा रहेको कांग्रेसका ६ जना मन्त्रीले बुधबार साँझ राजीनामा दिएका छन् ।
कांग्रेसका मन्त्रीले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई मुख्यमन्त्री कार्यालय पुगेर राजीनामा बुझाए। नेकपा ९माओवादी केन्द्र० का नेता जम्कट्टेल नेतृत्वको १२ सदस्यीय मन्त्री मण्डलमा प्रदेशमा कांग्रेसका ६ जना मन्त्री रहेका थिए ।
सामूहिक राजीनामा बुझाउँदै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा तामाङले केन्द्रमा सत्तासमीकरण परिवर्तन भएको प्रदेश सरकारलाई बाटो खुला गर्न लोकतान्त्रिक मूल्य मान्यताअनुसार राजीनामा दिएको बताए ।

सामूहिक राजीनामासँगै जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको कांग्रेस संसदीय दलका उपनेता समेत रहनुभएका प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले बताए ।

मन्त्रीको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री जम्कट्टेलले सत्ता समीकरण फेरिएकाले नयाँ ढङ्गले जाने बताए।

मन्त्री तामाङसँगै मन्त्री चित्रकार, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्काले राजीनामा दिएका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  १० : १८ बजे