काठमाडौँ । नवगठित मन्त्रिपरिषद्को बैठकलेनेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई तोक्ने निर्णय गरेको छ । नेकपा एमाले सहितको समर्थनमा बनेको नयाँ गठबन्धनको मन्त्री परिषद्को पहिलो बैठक आज बिहान बसेको हो ।
यसैगरी, संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्र संघ आयोग (सिएसडब्ल्यु) को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको समेत गरेको छ ।