काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ । बिहीबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर कांग्रेसलाई विश्वासघात गरेको निष्कर्ष निकालेको हो ।
बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखकल भने “हामी संविधानको रक्षा, स्थिरता र सुशासनको प्रतिबद्धतासहित निर्वाचनमा गएर सरकार सञ्चालन गरिरहेका थियौँ,” नेपाली कांगेसका प्रमुख सचेतक रमेश लेखकले भने, “उहाँले जनतासँगको प्रतिबद्धता भुल्दै गठबन्धनका दलहरूसँग छलफल समेत नगरी गठबन्धन तोडेर जानुभएको हो । यसले देशलाई अस्थिरतातर्फ धकेलेको छ ।” अगामी दिनमा कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भुमिका खेल्ने बताए । त्यस्तै बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने बताएको छ । यसअघि पनि बसेको काग्रेसको कर्यसम्पादन समितिको बैठककले समर्थन फिर्ता लिने निर्णय गरेको छ ।