२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री चौधरीले अर्थमन्त्री धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बरखास्त गरेका हुन् ।

केन्द्रमा समीकरण भत्किएपछि लुम्बिनीमा पनि माओवादी मन्त्रीहरुलाई सरकारबाट हटाइएको हो । यता मओवादीले मुख्यमन्त्री चैधरीलाई दिएको समर्थन लिने लिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  १२ : २६ बजे