काठमाडौं । नेकपा एमालेले महाधिवेसन प्रतिनिधि परिषदको बैठक बोलाउने भएको छ। आज बसेको सचिवालय बैठकले सो परिषदको बैठक बोलाउने निर्णय लिएको महासचिव शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार आगमी बैशाख ८ र ९ गते महाधिवेसन प्रतिनिधि परिषद बैठक राख्ने र बैशाख १० गते पार्टी स्थापना दिवस भब्य रूपमा मनाउने निर्णय पनि गरेको छ । त्यस्तै आजको बैठकले सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गर्ने निर्णय समेत गरेको छ ।
२५ फाल्गुन २०८०, शुक्रबार
0
Shares