काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही बेरमा बस्दैछ । बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार शनिबार बसेको बैठक पुनः आज पनि बस्ने र बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेका विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको बताए । बैठकमा पछिल्लो सत्ता समीकरण, नेकपा ९एमाले० र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनबारे पनि छलफल भइरहेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारविरूद्ध आन्दोलनको घोषणा गरेको छ। बैठकमा त्यसबारे पनि सदस्यहरूले धारणा राखेको राप्रपाले बताएको छ।
२७ फाल्गुन २०८०, आइतबार
21
Shares





