काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सोमबार काठमाडौंमा सम्पन्न बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको हो ।त्यस्तै बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने पनि निर्णय गरेको छ । त्यसैगरी प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्श गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।





