काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र,एमाले एकै कित्तामा उभिन सक्ने संकेत गरेको छन् । आज प्रधानमन्त्रीको बिश्वासको मतमाथिको प्रस्तावको बिपक्षमा बोल्दै उनले एमाले र कांग्रेस एकै ठाउँमा उभिए राजनेता हालत के होला भन्ने प्रश्न गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘धोका पाएकाहरू एक हौँ भनेर नारा लागे कहाँ पुग्नुहोला रु’ भनी प्रश्न गरे ।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा उनले पहिले धोका पाएको नेकपा ९एमाले० र कांग्रेस मिले के होला भन्दै सोधेका हुन् ।
“पोहोर एमाले विपक्षमा रहेको, अहिले कांग्रेस विपक्षमा रहेको । पक्षको मात्रै जोड्दै गर्दा पालैपालो विपक्षमा रहेको क्लियर हुँदैन र हिसाब रु धोका खाएकाहरू एकै ठाउँमा उभिए भने नि, धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि रु,” उनले भने, “तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू रु अघि यहाँले कांग्रेसको कसैलाई राजनेता भन्नुभएको छ ।”
उनले एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्ना सभापति शेरबहादुर देउवाबीच सहमति भए प्रचण्डको प्रधानमन्त्रीको पद नरहने संकेत गरे ।





