८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

गृहमन्त्री ज्यू,तपाई सहकारी पिडक हो,पिडितलाई न्याय दिनुहुन्छ भनेर कसले पत्याउँछ ?



काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजन केसीले अनुसन्धानको दायरामा रहेको रवि लामिछानेलाई गृहमन्त्री कुनै पनि हालतमा स्वीकार नगर्ने बताएका छन् । आज प्रतिनिधि सभाको बिशेष समयमा बोल्दै सांसद केसीले गृहमन्त्री जो सहकारी पिडक हो, उसले सहकारी पिडितलाई न्याय दिन्छ भनेर पत्याउन नसकिने बताएका छन् । उनले भने, सहकारी नियम बिपरित सदस्यनै नभएको ब्यक्तिले सोही सहकारीबाट रकम लिन कानुनत पनि मिल्दैन । रविजीले सहकारी रकम लिएर गाडी चढेको देखिएको छ । उनै सहकारी पिडित अहिले न्यायको लागि सडकमा छन् । जो पिडक हो,पिडितलाई न्याय दिदैन यो संसारभरको सर्वमान्य नियम हो । सहकारी पिडितलाई न्याय दिनुहुन्छ भनेर कसले पत्याउँछ ? अनुसन्धान प्रक्रिया नहुनेबेलासम्म गृहमन्त्रीज्यू तपाईलाई हामीले कुनै पनि हालमा गृहमन्त्रीको रुपमा स्वीकार्ने छैँनौ । त्यस्तै सांसद केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको अभिब्यक्तिमाथि समेत प्रश्न उठाएका छन् । केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अप्ठ्यारोमा पार्न खोज्नेलाई लात्ताले हानेर अघि बढ्ने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै यसको जवाफ मागेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यसबारे प्रधानमन्त्री प्रचण्डसँग जवाफ माग गरेका हुन् । ‘प्रधानमन्त्रीले कसलाई लात्ताले हान्ने हो रु किन र कहाँ हान्ने हो जवाफ दिनुपर्छ । यो अपमानजनक शब्द हो,’ उनले भने ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १ : २७ बजे