३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

प्रधानमन्त्री दाहालले सांसद सवालको जवाफ दिदैँ



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् । यसका लागि संसद् सचिवालयमा सांसदहरूले पहिले नै प्रश्न टिपाउनु पर्ने ब्यवस्था छ । संसद् सचिवालयबाट स्वीकृत प्रश्न मात्रै सांसदले प्रधानमन्त्रीलाई सोध्न पाउने व्यवस्था रहेको छ । यता प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई किन गहृमन्त्रालय जिम्बेवारी दिएको भन्दै लगातार संसदमा प्रश्न गरिरहेको छ । पिडकले नै गहृमन्त्रीको नेतृत्व सम्हाल्दा पिडितले न्याय पाउने कुरामा आशंका बढेको भन्दै त्यसको जवाफ प्रधानमन्त्रीसँग माग गरेको छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ९ : १६ बजे