११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

काठमाडौं उपत्यकासहित देशका केही भू–भागमा वर्षा



काठमाडौं ।काठमाडौं उपत्यकासहित देशका केही भू–भागमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यका तीन जिल्लामा केही घण्टादेखि मेघगर्जनसहित वर्षा भइरहेको छ मौसम पर्वाअनुमान महाशाखाले जनाएको छ ।

काठमाडौंसँगै वाग्मती प्रदेशका सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लामा पछिल्लो तीनदेखि ६ घण्टायता वर्षा भइरहेको उनको भनाइ छ । धेरै ठाउँमा छिटपुटदेखि हल्का र केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले काठमाडौ सहित कोशी, मधेश प्रदेशका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहको छ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा छिटपुट देखि हल्का हिमपात समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जनाएको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  १० : ४६ बजे