३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

सुनकोशीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता



उदयपुर । उदयपुरमा सुनकोशी नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता भएका छन्।

आइतबार दिउँसो त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङस्थित नदीमा पौडी खेल्न गएका तीन जना बालबालिका बेपत्ता भएको जिल्‍ला प्रहरी कार्यालयका एसपी रमेश थापाले जानकारी दिए।

उनका अनुसार बालबालिकाहरूलाई आइतबार दिउँसो साढे २ बजे नदीले बगाएको थियो।

बेपत्ता हुनेमा त्रियुगा(१४ साउनेकी १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर छन्।

उनीहरूको खोजी भइरहेको छ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : ०१ बजे