११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

एकै समयमा दुई संसदीय समितिको बैठक बस्दै



काठमाडौं । बुधबार संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । एकै समयमा राष्ट्रिय सरोकार समिति र राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।

बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ९ : २५ बजे