काठमाडौं । बिहिबार स्थानीय बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
तेजाबी सुन प्रतितोला एक लाख २७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला २० रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ । गत चैतमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको थियो ।