पछिल्लो समय क्रमिक रूपमा बढेको सुनको मूल्यले १ लाख ३० हजारको आँकडा पार गरेको छ । आज २ हजार १०० रुपैयाँ बढेसँगै सुनको भाउले कीर्तिमानकायम गरेको हो।
यसअघि बिहीबार १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर सुनको भाउ पुगेको थियो। आज छापावाल सुन तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय परिवेश र आर्थिक उतारचढावको कारण सुनको मूल्य आकाशिएको व्यवसायी बताउँछन् । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २३२ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलब ९५ डलरमा कारोबार भइरहेको छ।