३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

काँग्रेसको सहकारी विभागमा १० सदस्य मनोनित, यी हुन् नाम



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा १० जनालाई मनोनित गरेका छन्। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले कांग्रेसको विधान,२०१७ (संशोधन सहित)को धारा २५ (९) अनुसार १० जना सदस्य मनोनयन गरेका हुन्।

सहकारी विभाग केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको नेतृत्वमा रहेको छ।

मनोनित हुनेमा  भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने,कृष्ण खनाल रहेका छन्।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १ : ०० बजे