बिहीबार राति साढे १० बजे काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फर्केको छ ।
जहाजमा समस्या आएपछि ४५ मिनेट उडेको जहाज काठमाडौं फर्काएर ल्याण्ड गरिएको हो । वाइडबडी ए-३३० को जहाज हिजो राति साढे १० बजे उडेको थियो । हाइड्रोलिकमा समस्या आएपछि सो जहाज पुनः राति ११ बजेर १५ मिनेटमा ल्याण्ड भएको हो । अर्को जहाज व्यवस्थापन गरेर करिब २ घण्टापछि यात्रुहरूलाई दोहा पठाइसकिएको निगमले जनाएको छ।
जहाजमा २ सय ६३ जना यात्रु रहेका थिए । जहाज करिब ७० नटिकल माइल उडेपछि काठमाडौं आएको हो ।
दोहा उडेर हाइड्रोलिकमा समस्या आएको जहाज अहिले बनिसकेको छ । त्यो जहाजलाई दिल्ली उडाउने तयारी रहेको एयरलाइन्स बताएको छ ।