कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । मुख्यमन्त्री पाण्डेले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हन् ।
माओवादीका सांसदले समर्थन फिर्ता लिएसँगै पाण्डे गत फागुन २३ देखि अल्पमतमा थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि अल्पमतमा परेका उनले २२ चैतभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, पाण्डेले विश्वासको मत नलिई राजीनामा दिएका हुन् । अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९२० अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नेछन् । पाण्डेको राजीनामा अघि मन्त्रीपरिषद बैठक समेत बसेको थियो ।
२१ चैत्र २०८०, बुधबार
42
Shares