काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन नगरी कसैले उनलाई निर्दोष छन् भन्ने प्रधानमन्त्रीको अभिब्यक्ति थप शंका पैदा भएको बताएको छ । आज संसदको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद बिश्वप्रकाश शर्माले संसद कसैलाई दोसी करार गर्ने र निर्दोष करार गर्ने स्थान भएको भन्दै आगामी बैठकमा छानबिन समिति गठन पछि मात्रै ससद चल्ने बताएको छन् ।
उनले कांग्रेसले सत्ताका लागि सेटिङ गरिरहेको र अब रविको मागबाट पछि हटेको भन्ने भ्रम छर्न खोजिएको भन्दै कांग्रेस पार्टीले कुनै पनि अन्य निर्णय नगरेकाले कांग्रेस गृहमन्त्रीबारे छानबिन गर्न समिति गठनकै माग गरिरहेको स्पष्ट पारे । त्यस्तै उनले गृहमन्त्री रवि लामिछानेलाई बहसको लागि संसदीय समिमिमा आउन चुनौती समेत दिएका छन् । उनले भने, हामीले गृहमन्त्रीले बोलेको सडकबाट, सभाबाट र मिडियाबाट पनि सुनेको छौ । अब जवाफ दिन अब बन्ने संसदीय छानबिन समितिमा आउनुहोस् । उनले थपे, गृहमन्त्री ज्यु बहसको लागि सार्वजनिक निमन्त्रणा, नेपाल भन्ने देशको काठमाडौ जिल्लाको प्रमुख प्रशासकिय क्षेत्र सिंहदरबार भित्र बन्ने संसदीय छानबिन समितिमा बहसको लागि आउनुहोला । उनले गृहमन्त्रीलाई चोख्याउनका लागि संसद्को प्रयोग हुन नहुने भन्दै प्रधानमन्त्रीदेखि सांसदले निर्दोष नहुने भन्दै छानबिन रोकेर द्वन्द्व ननिम्त्याउन चेतावनी दिए ।
“यसो भन्दै गर्दा मलाई अकबर र बीरबलको कथा स्मरण हुँदैछ । चोरको दारीमा सिन्का भन्दा चोरले हतारहतार दारी छामेको थियो,” शर्माले भने, “गृहमन्त्रीजीमा जोस छ । हामी भन्दा ठूलो स्वरमा बोल्नु हुन्छ । रोष्ट्रममा गएर ठूलो स्वरमा म निर्दोष छु भनेर बोल्न मन होला । गृहमन्त्रीजीले संयोगले दारी पाल्नुभएको छ, आफ्नो दारी छाम्न हतार नगर्नुहोस् ।”