३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कांग्रेस भित्र उम्मेदवारको सकस, एमाले -रास्वपा चुनावी मैदानमा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने भएको छ । यसअघि मंगलबार र बुधबार बसेको बैठकले उम्मेद्वार फाइनल डिसिजन गर्न सकेको थिएन । संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिल्दा उम्मेदवार छनोट हुन नसकेको हो ।

कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम(२ मा मुख्य प्रत्याशीका रूपमा देखिएका छन्। शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले उपनिर्वाचन जित्न आचार्यलाई टिकट दिनुपर्ने अडान राखिरहेका छन् भने सभापति शेरबहादुर देउवा सहमत हुन सकेका छैनन्।

यसै बिषयमा निर्णय गर्न दिउँसो कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे तय भएको छ । यता कांग्रेस भित्र उम्द्वारको सकस हुँदा अन्य दलका उम्मेद्वार भने निर्वाचन क्षेत्रमा भोट माग्न ब्यस्त देखिएका छन् । इलाम–२ मा सत्तारूढ एमालेले नेम्वाङका छोरा ३२ वर्षीय सुहाङलाई उम्मेदवार बनाएको छ भने रास्वपाबाट मिलन लिम्बुुले उमेद्वारी दिएका छन् । उनीहरुले प्रचारप्रसार अभियान थालिसकेको छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १२ : २४ बजे