काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले ADBL Smart Plus App कर्जाको नयाँ योजना शुभारम्भ गरेको छ । आज केन्द्रीय कार्यालयमा कार्यक्रम गरी कर्जाको नँया सुबिधा सार्वजनिक गरेको हो । योग्य ग्राहकले रु.२ लाख सम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ्ख एपबाट बिना कुनै धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तरगर्त कृषि विकास बैंक तलवी खाता भएका योग्य ग्राहकहरुले बैंकले तोकेको सीमा अनुसार आफ्नो मोबाइल बैंकिङ्ख एपबाट नै कर्जा लिन सक्ने ब्यवस्था गरेको छ । कर्जा भुक्तानी अवधि ३ महिना, ६ महिना ९ महिना र १२ महिना महिना तय गर्न सक्नेछन । बढ्दो डिजिटल प्रबिधिको माग तथा प्रयोगलाई आत्मसाथ गर्दै वित्तीय पहुँच तथा समावेशीकरण तर्फको पहलको लागि कर्जाको नयाँ सुविधा शुरु गरेको बैंकले दाबी गरेको छ । यो सेवा सुचारु गरे पश्चता सरकारी बैंकहरु मध्ये Fone loan सेवा संचालनमा ल्याउने कृषि विकास बैंक लि पहिलो समेत बनेको छ ।
कर्जा कसरी लिने, अन्य सुबिधा के के छन् ?
ADBL Instant Fone loan योग्य ग्राहकहरुले Buy Now, Pay Laterसुविधा पनि प्राप्त गर्न सक्ने छन् । BNPL सुविधाको प्रयोग कुनै पनिFonepay मर्चेन्टमा QRपेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफुलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समय भित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैगरी ग्राहकहरुले] “Convert to EMI” सुविधा पनि प्राप्त गर्न सक्नेछन् जस अन्तर्गत योग्य ग्राहकहरुले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।
यस सेवा प्रयोग गर्न ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ख एप मार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराएर सजिलैसँग ADBL Instant fone loan मा Register गर्न सक्नेछन् । कर्जाको योग्यता बैंकद्वारा विभिन्न मापदण्डहरु जस्तैः बैंकमा तलबी खाता हुनुपर्ने, बैंक खाताबाट नियमित कारोवार भएको हुनुपर्ने, बैंकसँग भाखा नाघेको कर्जा नभएको आदि जस्ता आधारमा मा Software मार्फत तय गरिन्छ । योग्य ग्राहकहरुको आफ्नो मोबाइल बैंकिङ्ख एप भित्र Fone loan ब्यानर र Register Button देखा पर्नेछ । ग्राहकहरुले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि Instant Fone loan का सबै सेवाहरु प्राप्त गर्न सक्नेछन ।