२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

कांग्रेसको संसद बैठक अबरुद्ध गर्ने चेतावनी आएपछि सभामुख घिमिरेले परामर्श गर्दै



काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्दैछन् । आज दिउँसो २ बजे सिंहदरवारमा बोलाइएको बैठकमा नेताहरुसँग परामर्श हुने सभामुखको सचिवालयले जनाएको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दैआएको छ । सो माग पूरा नभए चैत २७ देखि संसद बैठक अबरुद्ध गर्ने चेतावनी सो दलले दिएको छ ।

बैठक अवरुद्ध नहोस् भन्ने उद्देश्यले प्रमुख चार दलका नेताहरुसँग छलफल गर्न लागिएको सभामुखको सचिवालयको भनाइ छ । सभामुखले आज दिउँसो २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएको सचिवालयका सदस्यहरुको भनाइ छ । बैठक सभामुखको कार्यकक्ष सिंहदरवारमा बस्नेछ ।

सो अघि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । देउवा निवासमा आज पदाधिकारी बैठक बोलाइएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ११ : ०१ बजे