१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

गण्डकीको असंवैधानिक नियुक्त बिरुद्ध कांग्रेस सर्वोच्च जाने



काठमाडौँ । गण्डकी प्रदेशमा खगराज अधिकारीलाई असंवैधानिक तरिकाले मुख्यमन्त्री पदमा नियुक्ति गरेको भन्दै कांग्रेस सर्वोच्च जाने तयार गरेको छ । असंवैधानिक तरिकाले प्रदेश प्रमुखले नेकपा (एमाले) संसदीय दल नेता खगराज अधिकारीलाई गण्डकीको मुख्यमन्त्री पदमा आइतबार नियुक्त गरेको भन्दै कांग्रेसले यसबारे पदाधिकारी बैठकमा आज छलफल र समीक्षा गरेको हो। सभामुखलाई सरकार गठनको जोडघटाउमा सरिक गराउन नहुने सर्वोच्चको आदेश रहे पनि सभामुखको हस्ताक्षर सहित प्रदेश प्रमुख भट्टले अधिकारीलाई नै मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेसले विरोध गर्दै आएको छ। मंगलबार निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे रिट लिएर सर्वोच्च जाने तयारी गरेका छन् । गण्डकी प्रदेशमा निर्णायक रहेको राप्रपाले सरकारमा नजाने जनाएपछि माओवादी एमाले गठबन्धनको सरकार बन्न सकस भएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  १२ : १८ बजे