१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन नगरे सदन चल्न नदिने कांग्रेसको निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरे संसद चल्न नदिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

उनले गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलन गर्नेमा संलग्न रहेकाले छानबिनमा कांग्रेस एकमत रहेको बताए। उनले भने,‘कांग्रेस संसदीय दलको बैठकले कांग्रेसले गरेको माग उचित छ भन्ने ठहर गरेको छ। कांग्रेसको माग बमोजिम सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।’

उनले छानविन नभएर संसद अगाडि बढ्न नसक्ने बताए । उनले संसद्का कामकारबाही प्रभावित भए सरकार जिम्मेवार हुने उनको भनाई छ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ११ : ४३ बजे