८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

इस्लाम धर्मावलम्बीले आज ईद उल फित्र मनाउँदै, काठमाडौँको घण्टाघरस्थित मस्जिदमा बिशेष रौनक



काठमाडौँ । शान्ति र सद्भावको महान् पर्व इदुल फित्रलाई मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धूमधामका साथ बिहीबार मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुसीयालीमा इस्लाम समुदायले आज इद उल फित्र मनाउँदै छन् । पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । काठमाडौँको घण्टाघरस्थित मस्जिद र अन्य इस्लामिक धार्मिक स्थलहरूमा बिहीबार बिहानै देखि इद–उल फित्र (इद) मनाइएको छ । त्यस्तैनेपालगन्जस्थित केन्द्रीय इदगाहमा सामूहिक नमाजबाट सुरु भएको इदको औपचारिक कार्यक्रम पछि जिल्लाका विभिन्न ठाउँमा अन्य विविध कार्यक्रमका साथ इद पर्व मनाइँदै छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  १२ : २० बजे