१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

एडीबीले भन्यो – नेपाली अर्थतन्त्र क्रमशः सुधार हुने अवस्थामा



काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०र०८१ मा क्रमशः सुधार हुँदै जाने अध्ययनले देखाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक एसियाली विकास बैंक (एडीबी)को प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य), २०८० मा आउँदो आर्थिक वर्षमा नेपाली अर्थतन्त्र ३.६ प्रतिशत (बजार मूल्यमा)ले वृद्धि हुने प्रक्षेपण गरिएको हो ।

गत आर्थिक वर्ष २०७९र८० को अनुमानित १.९ प्रतिशत वृद्धिको तुलनामा यो केही बढी हो । मौद्रिक नीतिमा क्रमिक लचकता, उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ ।

सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष २०८०र८१ को अन्त्यसम्म थप जलविद्युत् परियोजनाको उत्पादन सुरु भई आर्थिक औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण गरिएको छ ।

कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले गति लिने अध्ययनको निष्कर्ष छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  १ : ५४ बजे