३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नाउपा पाउने सहमती, अहिलेसम्म दाबी पेश भने भएन



धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नका लागि दाबी पेश गर्ने समय सीमा आज बेलुका ५ बजे सकिँदैछ ।

मुख्यमन्त्री कमलबहादुर शाहले बहुमत जुटाउन नसकेर पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्री नियुक्त गर्नका लागि १० दिनभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुखले तोकेको समय सीमा आज बेलुका सकिने भएपनि अहिलेसम्म कसैले पनि मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश भएको छ । यता आज बिहान बालुटारमा बसेको बैठकले मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीले पाउने सहमति बनेको छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले पाउने औपचारिक सहमति भएको नाउपाले जनाएको छ

नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम मुख्यमन्त्री दिने केन्द्रमा गठबन्धन दलहरुबिच सहमति भए पनि नागरिक उन्मुक्ति पार्टीभित्रको आफ्नै आन्तरिक विवादका कारण सो पार्टीले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने सदस्यको नाम अगाडि बढाएको छैन ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  १२ : २२ बजे