८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

ग्लोबल आईएमई बैंकले ल्यायो भ्रमण अफर, ६ हजारको किस्ताबन्दीमा विदेश भ्रमण



काठमाडौं । ग्लोबल आईएमई बैंकले सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले क्रेडिट कार्ड होल्डर ग्राहकका निम्ति यो योजना ल्याएको छ । आईएमई ट्राभल्ससँगको सहकार्यमा बैंकले यो योजना सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरू अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रूपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टूर प्याकेजमा थाइल्याड, इन्डोनेसियाको बाली र दुबई भ्रमणका लागि सहुलियत मूल्यका अफर रहेको कम्पनीले जनाएको छ ।

बैंकले आन्तरिक भ्रमणका निम्ति न्यूनतम् तीन हजार २१० रुपैयाँ र विदेश भ्रमणको निम्ति ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो । क्रेडिट कार्ड हुने ग्राहकले आईएमई ट्राभल्समा गई आफूलाई अनुकूल टूर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ । योजनामा आवद्ध भएर क्रेडिट कार्ड लिन चाहने ग्राहकलाई बैंकले कार्डको शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ६ : ४६ बजे