जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन्। उनले १५ महिनाको कार्यावधिमा यो चौथो पटक विश्वासको मत लिँदै छन् ।
विश्वासको मतका लागि दिउँसो १ बजे मधेश प्रदेश सभाको बैठक आह्वान गरिएको छ । प्रदेश सभामा १०७ प्रदेश सभा सदस्य छन् । बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक छ । दश राजनीतिक दलको प्रतिनिधित्व रहेको मधेश प्रदेश सभामा सबैभन्दा ठुलो दल नेकपा ९एमाले० २५, नेपाली काँग्रेस २२, जनता समाजवादी पार्टी नेपालको १९, जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टी नौ, नेकपा ९माओवादी केन्द्र० नौ, नेकपा ९एकीकृत समाजवादी० पार्टीको सात, नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी एक–एक प्रदेश सांसद छन् ।
अहिलेको सत्ता गठबन्धनको आधारमा मुख्यमन्त्री यादवलाई विश्वासको मत पाउन सहज छ । उनीसँग स्पष्ट बहुमत छ । सत्ता गठबन्धनअनुसार एमाले २५, जसपा १९, नेकपा माओवादी नौ, नेकपा९एस० सात गरी ६० जनाको समर्थन देखिएको छ ।





