६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

कोरम नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित



काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुको कोरम नपुगेपछि बैठक स्थगित भएको छ । सांसद मात्र होइन समितिको नेतृत्वकर्तानै उपस्थित नभएपछि स्थगित गरिएको छ।बैठक सञ्चालनका लागि १४ जना सांसद हुनुपर्ने प्रावधान रहेतापनि ८ जना मात्र सांसद बैठकमा उपस्थित रहेका थिए । आजको बैठकमा उपस्थित रहेका परराष्ट्रमन्त्री
नारायण काजी श्रेष्ठ समिति पुगेर फर्किएका छन् ।

समितिको आजको बैठकमा नेपाल सरकार ९मन्त्रीस्तर० बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणहरूको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इसराइल, रूस र युक्रेनमा रहेका नेपालीहरूको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगहरुको विवरण ९तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्षहरू० का बारेमा छलफल हुने कार्यक्रम थियो।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  २ : ४४ बजे