२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

ए समाजवादीले सुदूरपश्चिममा मुख्यमन्त्री पाउने, चौधरीलाई दिएको समर्थन फिर्ता



धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन नेकपा (एकीकृत समाजवादी) ले मङ्गलबार फिर्ता लिएको छ ।

एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश प्रमुख नाजिर मियालाई भेटेर लक्ष्मणकिशोरलाई मुख्यमन्त्रीको दाबेदारीमा समर्थन फिर्ता लिएका छन् ।

सङ्घीय सरकारको समीकरणअनुसार नै जाने गरेर प्रदेश सरकार बनाउन सोडारीले मुख्यमन्त्रीका दावेदारीका लागि दिएको समर्थन फिर्ता लिइएको छ । समर्थन फिर्ता लिएको कुरा प्रदेश प्रमुखको कार्यालयका निमित्तसचिव शैलेश ढुङ्गानाले बताए ।
एकीकृत समाजवादीले मुख्यमन्त्री पदमा गरेको दाबीका लागि दिएको समर्थनले प्रदेश सरकार बनाउन आवश्यक प्रदेश सभा सदस्यको संख्या पुग्ने भएको थियो । तर सङ्घीय सत्ता समीकरणको दबाब खेप्न नसकेपछि सो दलले मुख्यमन्त्री पदमा दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।

लक्ष्मणकिशोर नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी निकट हुनुहुन्छ । उन्मुक्तीका अध्यक्ष रञ्जिता श्रेष्ठले सोही पार्टीका कैलाश चौधरीलाई उम्मेदवारी दिन लगाउनुभएको छ । चौधरीलाई नेकपा ९एमाले० को १०, नेकपा ९माओवादी केन्द्र० को १०, स्वतन्त्र एक र उन्मुक्तिका दुई जनाको समर्थनमा मुख्यमन्त्रीका दावेदारीका लागि अगाडि सारेका थिए ।

मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने अवस्था आएपछि चैत २२ गते पदबाट राजीनामा गरेका थिए । त्यसपछि प्रदेश प्रमुख मियाँले चैत २३ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबेदारी गर्न १० दिनको समयसीमा दिनुभएको थियो । वैशाख २ गते उन्मुक्तीका दुई जनाले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्नु भएको थियो ।

अब लक्ष्मणकिशोर र कैलाश दुबै जनाले मुख्यमन्त्रीका दाबेदारीका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन पाउन नसक्ने भएपछि फेरि प्रदेश प्रमुख मियाले अर्को आह्वान गर्नुहुने बताइएको छ ।

उहाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबेदारी गर्न आह्वान गर्ने अनुमान गरिएको छ । अब नेकपा ९एमाले० को १०, नेकपा ९माओवादी केन्द्र० १०, स्वतन्त्रका एक र उन्मुक्तिका दुई र आफ्नो ४ सहित एकीकृत समाजवादीले नै मुख्यमन्त्रीमा दाबी गर्ने बुझिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ५ : १५ बजे