२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गर्ने समयसीमा सकिदैँ



धनगढी । सुदूरपश्चिम प्रदेशमा सङ्घीय समीकरणमा भएका दल मिलेर आज बेलुका ५ बजेभित्र मुख्यमन्त्री पदको दाबी गर्ने समय निर्धारण गरिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दाबी गर्न दिएको समयसीमा आज बेलुका ५ बजे सकिदैछ ।

सुदूरपश्चिममा नेकपा ९एकीकृत समाजवादी० लाई मुख्यमन्त्री दिने सहमति भए पनि नेकपा ९एमाले० ले निर्णय नगर्दा बिहीबार बिहानसम्म मुख्यमन्त्रीको दावेदारी प्रस्तुत हुन सकेको छैन । एमालेले एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन नचाहेको चर्चा चलिरहेको छ । सोडारीको ठाउँमा अन्य सांसदको नाम अघि सार्न एमालेले आग्रह गरेको बुझिएको छ ।

एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले सङ्घीय समीकरणमा भएका दल मिलेर आज बेलुका ५ बजे भित्र मुख्यमन्त्रीको दाबी प्रस्तुत गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “दावेदारीका विषयमा एमाले सुदूरपश्चिम संसदीय दलले प्रदेश तहदेखि केन्द्रीय तहसम्म छलफल परामर्श गरिरहेको छ ।”

नेकपा ९माओवादी केन्द्र० का उपनेता अक्कलबहादुर रावलले आफूहरूले एमालेको निर्णय पर्खेको बताए । उनले छलफल, परामर्श ठिक तरिकाले नै अघि बढेको बताए ।
एकीकृत समाजवादीका उपनेता प्रकाशबहादुर रावल मुख्यमन्त्रीको दावेदारीका लागि आफूहरू तयारी अवस्थामा रहेको बताउँदै केन्द्रीय नेतृत्व पनि त्यो विषयमा छलफलमा रहेको बताए ।

एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा दलको बैठकले दलका नेता सोडारीलाई मंगलबार नै मुख्यमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरिसकेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बुधबार बसेको बैठकले सोडारीलाई अघि सार्ने निर्णय गरेको थियो ।

प्रदेश प्रमुख मियाँले नागरिक उन्मुक्ति पार्टीका दुई जनाको दाबीका कारण मुख्यमन्त्री नियुक्ति निष्कर्षमा पुग्न नसकेको बताउँदै वैशाख ४ गते दोस्रो पटक मुख्यमन्त्रीको दावीका लागि आव्हान गरृका थिए ।

सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि चैत २३ गते प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ को उपधार २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर मुख्यमन्त्रीमा दावेदारी गर्न १० दिनको समयसीमा दिए ।
सुदूरपश्चिममा मुख्यमन्त्री दाबी गर्न २७ जना प्रदेश सभा सदस्यको आवश्यकता पर्छ । सङ्घीय समीकरणमा भएका दल नेकपा ९एमाले० को १०, माओवादी केन्द्रको १०, समाजवादीको ४, नागरिक उन्मुक्तिको ७ मध्ये दुई जना र स्वतन्त्रको एक गरी २७ जनाको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने तयारी छ ।

अर्कोतिर नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्तिका पाँच र राप्रपाका एक जना सांसद रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा हाल ५२ जना रहेका छन् । बझाङ प्रदेश सभा ९क० बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएकाले प्रदेश सभामा हाल ५२ जना सदस्य छन् । सो क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ३ : १९ बजे