९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

आज लोकतन्त्र दिवस, स्थापनको १८ बर्ष पुग्दा पनि जनताको अवस्थामा कुनै परिवर्तन आएन



काठमाडौँ । १८औँ लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
राजसँस्थाको पारिवारीक र जहानिँया प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत पुनर्आगमन भएको दिन देशभर भव्यताका साथ मनाइँदैछ । २०६२ र६३ को ऐतिहाँसिक दोश्रो जनआन्दोलन पश्चात बैशाख ११ गते निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । त्यतिबेला सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात १९ दिने ऐतिहाँसिक जनआन्दोलन भएको थियो ।

जनआन्दोलनको सफलतासंगै युद्धरत नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले विघठित संसद् पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै दिएँ भनी शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए । त्यहि बैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो । पहिलो संविधानसभाले संविधान जारी गर्ने दलहरुले प्रतिवद्धता गरेतापनि संबिधान भने जारी गर्न सकेनन् । विसं २०७० मंसिर ४ गते फेरी दोस्रो संविधानसभा निर्वाचन भयो । निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।
संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भएर आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ ।

जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । लोकतन्त्र स्थापना १८ बर्ष पुग्दा पनि जनताका दैनिकिमा कुनै परिवर्तन देखिएको छ । मुलुकमा ब्यवस्था परिवर्तन भएको झण्डै दुई दशक हुँदापनि जनाताको अवस्थामा परिवर्तन हुने कुनै संकेत देखिएको छैन । बढ्दो बरोजगारले दैनिक रुपमा युवा पुस्ता देश छाड्न बाध्य छन् । महगींले सर्वसाधारणको चुलो बल्न धौ -धौ अवस्थामा पुगेको छ । जनताले कयौँ समस्या भोगेएतापनि जनताको भोटले सत्तामा पुगेका राजनीतिक दल र तीनका नेतृत्व मुखदर्शक बनिरहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ११ : १९ बजे