१७ माघ २०८२, शनिबार | Sun Feb 1 2026

सुनको मूल्य एकैदिन २७ सयले घट्यो, तोलाको कति ?



काठमाडौं । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई हजार ७०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुन तोलामा एक लाख ३५ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ । आघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मुल्यमा गिरावट आएको आज दोस्रो दिन हो ।

मंगलबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तालामा ४५ रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  १२ : ०८ बजे