२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

माओवादी केन्द्रबाट परियार बने बिना विभागीय मन्त्री



सुर्खेत । कर्णाली प्रदेशको मन्त्री मण्डलमा एक जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियार बिना विभागीय मन्त्री बनेका हुन् ।

उनले बुधबार प्रदेश प्रमुख तिलक परियार समक्ष शपथ लिए । मन्त्रीमा नियुक्त हुनुभएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुनुहुन्छ। गत चैत्र २७ गते नियुक्त हुनुभएका मुख्यमन्त्री यामलाल कँडेलले १५ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो।

सत्ता साझेदार दलबिच मन्त्रालय भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।

मंगलबार एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि परियारले शपथ लिए। बाँकी मन्त्रीको शपथ बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि विस्तार हुने जनाइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ५ : २७ बजे