इलाम । आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा अहिले सम्ममा ३० प्रतिशत मत खसेको छ । जिल्ला भर शान्तिपूर्ण मतदान प्रक्रिया चलिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिइको छ ।
अघिल्लो निर्वाचनमा जस्तो मतदान केन्द्रहरूमा यो पटक मतदाताको उपस्थिति बाक्लो भने देखिएको छैन । सदरमुकाम सहित आसपासका मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति निकै कम रहेका छन् । इलाम–२ मा यो निर्वाचनका लागि एक लाख १५ आठ ८९ मतदाता सङ्ख्या रहेको छ ।





