९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

रास्वपा उम्मेदवार लिम्बूले गरे आचारसंहिता उल्लंघन, घन्टी चिन्हको ब्याज लगाएरै मतदान !



इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन् । शनिबार मतदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेरै मतदान गरेका छन्। उनले मतदानमा जादाँ पार्टीको लागो सहित ब्याज लगाएर मतदान गरेका थिए ।

निर्वाचन आचारसंहिताको १८ को क मा मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिन्ह अंकित पोशाक वा ब्याज लगाउन नपाइने ब्यवस्था गरेका छ । तर रास्वपाका उमद्वारले
लागो लगाएरै मतदान गरेका थिए । अहिले सामाजिक संजालमा उनको फोटो भाइरल भएको छ ।
प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा आज मतदान भइरहेको छ

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १२ : २७ बजे